2080-10-21
2080-10-21
रुकुम(पश्चिम भाग) जिल्लाको जिल्ला सदरमुकाम देखि टाढाको भौगोलिक दुरीमा रहेका नागरिकहरुलाई छिटो छरितो सहज तथा नजिकबाट सेवा प्रवाह गर्ने उद्देश्यले नेपाल सरकार(मन्त्रि परिषद)बाट इलाका प्रशासन कार्यालयको संगठन र दरबन्दी तेरिज मिति २०७९/१२/०६ गते स्वीकृति भएको हो । सोही बमोजिम कार्यालयका प्रथम कार्यालय प्रमुख तोषराज के.सी.,नायब सुब्बा नन्दराम के.सी,तत्कालीन प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रमुख अन्य व्यक्तित्वहरु,स्थानीयहरुको व्यापक उपस्थितिमा तत्कालीन रुकुम(पश्चिम भाग) जिल्लाका संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका सदस्य तथा पुर्व मन्त्री जनार्दन शर्माले चौरजहारी नगरपालिका वडा नं.२ को रुकुमेगाउँमा इलाका प्रशासन कार्यालय चौरजहारी रुकुम(पश्चिम भाग)को उद्घाटन गर्नु भयो । त्यस लगतै मिति २०८०/१२/१२ देखि इलाका प्रशासन कार्यालय चौरजहारी रुकुम(पश्चिम भाग) ले आफ्नो सेवा प्रवाह सुरु गरेको हो । हाल यस कार्यालयले प्रमुख जिल्ला अधिकारी प्रत्यायोजन गरेका सेवाहरु नयाँ नागरिकता,नागरिकता प्रतिलिपी,नाबालक परिचयपत्र,खस आर्य / दलित /जनताती प्रमाणित लगायतका सेवाहरु प्रवाह गरि रहेको छ । चौरजहारी नगरपालिका भरि यसको कार्य क्षेत्र रहेको छ ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय,चौरजहारी,रुकुम(पश्चिम भाग) .